जयकला घर्तीले अस्पतालमै गरिन् आत्महत्या

काठमाडौं, राजधानीको नेसनल ट्रमा सेन्टरमा उपचाररत एक विरामीले बिहीबार बिहानै आत्महत्या गरिन्।

निकै ठूलो चोटपटक लागेका, दुर्घटनामा परेका र उपचारमा लामो समय लाग्नसक्ने विरामीको उपचार गर्नका लागि ट्रमा सेन्टर खोलिएको हो।

यस्ता रोग लागेका बिरामी डिप्रेसनमा जान सक्ने भएकाले मनोचिकित्सकहरुको सर-सल्लाह चाहिने भएपनि केन्द्रमा अहिलेसम्म एकजना पनि मनोचिकित्सकको दरबन्दी छैन।

बिहीबार पाँचौ तल्लामा आत्महत्या गरेकी ६० बर्षीया जयकला घर्ती तीन महिनादेखि ढाड दुखाइ र दुई महिनादेखि खुट्टा लुलो हुने समस्याले पीडित थिइन्। मेरुदण्डको क्षयरोगको आशंकामा गत चैत ७ गते उनी अस्पताल भर्ना भएकी हुन्।

उनले झ्यालबाहिर अप्ठ्यारो ठाउँमा पासो लगाएको ट्रमा सेन्टरका सुपरिटेन्डेन्ट डा. प्रमोदकुमार उपाध्यायले बताए। कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

17146