नेपालमा क्याडेट पढाईका लागि पहिलो नम्बरमा डिक्यान


नवराज पराजुली
, २४ चैत। डिक्यान (डिफेन्स क्यारियर एकाडेमी नेपाल)ले बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ। राजधानीको नेपाल पर्यटन बोर्डमा डिक्यानले बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो।

डिक्यानका अध्यक्ष गुप्तबहादुर श्रेष्ठको संयोजकत्वमा बधाई तथा शुभकामना अफिसर क्याडेट (सिसौ–५७) कार्यक्रम सम्पन्न भएको हो।

डिक्यानले पछिल्लो समयदेखि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र अनुसन्धान लगायतका निकायमा प्रवेश गर्न परिक्षार्थीलाई तालिम लगायतका शिक्षा प्रदान गर्दै आईरहेको छ । नेपाल सरकारको सेवामा प्रवेशार्थ डिक्यान नै परिक्षार्थीहरुको पहिलो रोजाई बन्दै गएको छ र नेपालमा क्याडेट पढाईका लागि पहिलो नम्बरमा रहेको छ, अध्यक्ष गुप्ता बताउँछन्।

यस वर्ष ७१ जना माग गरिएको अधिकृत क्याडेटको लागि डिक्यानबाट सम्मिलित हुने ५७ जना उत्तिर्ण भएका छन् । यहाँ अनुभव प्राप्त पूर्व सेना, प्रहरी, कमाण्डरहरुले प्रयोगात्मक तालिम सहज वातावरणमा प्रदान गर्दै आएकाले पनि परिक्षार्थीहरु उत्तीर्ण हुने गरेका छन्।

कार्यक्रममा पूर्व प्रधान सेनापति रुक्माङ्गद कटवाल, पूर्व रक्षा सचिव तिलकराम शर्मा, पूर्व एआईजीपी अर्जुनजंग शाही, सैनिक आवासीय विद्यालयका पूर्व प्रधानाध्यापक एवं संस्थापक हेमन्त राणा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा डा. राजेन्द्र केसी, मेघराज अधिकारी, पूर्व सहायक रथी भरत रायमाझीले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा उत्तीर्ण हुने परिक्षार्थी लगायतलाई मायाको चिनो पनि प्रदान गरिएको थियो।





Comments

comments

Leave a Reply

17144