चुम्लुङ अमेरिकाको अधिवेशन अप्रिल २९ मा हुदैं !

सुभद्रा लावती

किरात याक्थुङ चुम्लुङ अमेरीकाको छैटौं राष्ट्रिय महाधिवेशन यहि अप्रिल महिनाको २९ तारिख शनिवारका दिन स्थानीय न्यू-योर्क शहरको ज्याक्सन हाईटमा हुने भएको छ।

गत फेब्रुवरी २० तारिख २०१७ का दिन बसेको कार्य समितिको बैठकले महाधिवेशन हुने मिति र स्थान तय गरेको संस्थाको महासचिव सुभद्रा लावतीले बताउंनु भएको छ।

अप्रिल ५ भन्दा अगाडि नै गराई सक्नु पर्ने महाधिवेशनलाई बिशेष कारण बस करीब २५ दिन ढिलो गराउँनु पर्ने बाध्यता परेकोले साविकै कार्यसमितिको समय अवधि थपेर महाअधिवेशन संपन्न गर्ने निर्णय पनि सोही २० तारिक बसेको समितिको बैठकले गरेको कुरा संस्थाका अध्यक्ष देवेन्द्र सोम्बाहाम्फेले बताएका छन्।

अमेरिकाको विभिन्न राज्यहरूमा बसोवास गर्ने लिम्बुहरूको उल्लेखनीय सहभागिता गराउँने कुराको जानकारी दिंदै अध्यक्ष सोम्बहाम्फेले यो अधिवेशनले संस्थाको भावि कार्य दिशा तय गर्ने कुरा बताए । यसका लागि सबै लिम्बु दाज्युभाई तथा दिदीबहिनीहरूलाई एक ढिक्का भएर सहयोग गरी अधिवेशनलाई भव्यताका साथ सफल बनाउँन अध्यक्ष सोम्बाहाम्फेले अपिल गर्नु भएको छ।

अधिवेशनको सम्पन गराउँनका लागि केही समितिहरू गठन गरिएको छ । संस्थाको कानुनी सल्लाहकार दुर्गा सुब्बाको संयोजकत्वमा सदस्यहरू करम ब. सुब्बा र बिनोद पोमु भएको एक विधान मसौदा समितिको गठन गरिएको छ। ब्यवस्थापनको जिम्मेवारी पुरै कार्यसमितिले लिएको छ।

अधिवेशनको निर्वाचन समितिमा संस्थाको सल्लाहकार मुनिन्द्र नेम्बाङको संयोजकत्वमा सल्लाहकारद्वय बिक्रम नेम्बाङ र जोबिन लिम्बु सदस्य रहेको तीन सदस्यीय समितिको गठन गरिएको छ।





Comments

comments

Leave a Reply

17142