Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली घरको निर्वाचन कमिटी गठन

नतिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो अमेरीका, ६ अप्रिल। कोलोराडोमा सक्रिय सामाजिक संस्था नेपाली घरको नयां कार्य समिति चयनको लागि निर्वाचन कमिटी गठन गरिएको छ।

संस्थाको बुधबार सांझ सम्पन्न कार्य समितिको बैठकले राजेन्द्र शर्माको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन कमिटी गठन गरिएको हो । कमिटीका अन्य सदस्यहरुमा बासुदेब दाहाल र ज्ञानेन्द्र काङ्खले रहेका छन्।

बैठकले संस्थाको आगामी चुनावमा भाग लिन तथा मताधिकार प्रयोजनका लागि इच्छुक ब्यक्तिहरुलाई आगामी अप्रिल ३० भित्र सदस्यता नवीकरण तथा नयां सदस्यता लिनसक्न सबैलाई अनुरोध गरेको छ । साथै संस्थाको बार्षिक साधारण सभा आगामी मे २८ मा सम्पन्न गर्ने र कार्य समितीको चुनाव जुन २५ मा सम्पन्न गर्ने यस अघिनै निर्णय भई सकेको छ।

संस्थाको मार्च २५ मा सम्पन्न बैठकले आगामी कार्य समितीको निर्वाचन सम्पन्न गर्न निर्वाचन कमिटीको नाम सिफरिसको लागि ५ सदस्य रहेको छनौट समिति गठन गरेको थियो।

अध्यक्ष योगराज गौतम, उपाध्यक्षद्वय नातीबाबु भट्ट र राज ढुङ्गाना, महासचिव लक्षुमण राना र कोषाध्यक्ष जगदिश ढकाल रहेको समितिले सिफारिस गरेको ३ जनाको नाम कार्य समितिको बैठकले सर्बसम्मतले अनुमोदन गरेको हो।

नेपाली घरमा हाल ५० आजीवन सदस्य, ५५ फेम्ली सदस्य, ४८ साधारण सदस्य र ४ मानार्थ सदस्य रहेका छन्।





Comments

comments

Leave a Reply

17140