Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सालाले मेयरमा रहर गरेपछि अोलीले के भने..?

दुई दशकपछि स्थानीय तहको निर्वाचन हुन लागिरहेको हुँदा आकांक्षीहरुको लर्को लाग्नु स्वभाविकै हो।

तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका साख्यै साला ज्ञानेन्द्र शाक्यले ललितपुर महानगरपालिकाको मेयरमा आँखा गाड्दा भने समस्या उत्पन्न भएको खबर बुधबार साप्ताहिकले छापेको छ।

ललितपुर नगरपालिकाको दुई दुईपटक वडाध्यक्ष भइसकेका शाक्यले नवगठित महानगरपालिकाको मेयरको दावी गर्नु अनौठो थिएन । किन कि, २०४९ र २०५४ को निर्वाचनमा उनले सो नगरको वडा नं. १८ बाट सानदार रुपमा मत ल्याएर चुनाव जितेका थिए।

दुई दुईप्टक जनप्रतिनिधि बनेर नगरका समस्याबारे राम्रो जानकार बनेका शाक्यलाई मेयरमा उठ्ने रहर पलाउनु र आफन्त एवं साथीभाइले मेयर उठ्न उचाल्नु सामान्य कुरा हो। अझ शाक्यले स्थानीय निकायको अनुभव मात्र बटुलेका छैनन् । तत्कालीन प्रधानमन्त्री ओलीको पालामा जनसम्पर्क विज्ञको रुपमा नियुक्त भएका शाक्यले राज्यको माथिल्लो तहको अनुभवसमेत लिइसकेका छन्।

आफ्नै भिनाजु पार्टी अध्यक्ष भएका बेला मेयरको टिकट पाउने सम्भावनासमेत रहेको ठान्दै शाक्यले अध्यक्ष ओलीसमक्ष कुरासमेत राखेको बताइन्छ। तर, ओलीले मेयरका लागि उचाइ नपुगेको भन्दै सालाको कुरामा त्यति चासो देखाइरहेका छैनन्। शाक्यले भने मेयरका लागि तिव्र लविङ गरिरहेका बुझिएको छ।





Comments

comments

Leave a Reply

17282