Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिकामा दशैं यसरी मनाईयो

विजय थापा / एचकेनेपाल डट कम-
आश्विन १८, भर्जिनिया। अमेरिकामा प्रवासी नेपालीहरुले हर्षोउल्लासको साथ दशैं मनाएका छन्। आफ्नो संस्कृति र परम्परालाई कायम राख्दै दौरा सुरुवाल र महिलाहरुले नेपाल जस्तै गरेर चुरा, पोते, तिलहरी बिभिन्न रंगका फरिया लगाएका थिए।

आफू भन्दा ठूला मान्यजनहरुसंग टीका थापेका थिए भने आफू भन्दा सानालाई आशिर्बाद दिई टीका लगाई दिएका थिए। यस बर्ष दशमी शुक्रबार कामको दिन परेको भएता पनि कामको सुबिधा अनुसार बिहान १०.१५ मिनेटको साइतमा नै टीका लगाएका थिए भने समय नभ्याएकाहरुले टीका सांझसम्म लगाएका थिए। टिका कार्यक्रम बिहानदेखि रातिसम्म चलेको थियो।

बालबालिकाहरु बिशेष रुपमा नयाँ कपडामा देखिन्थे भने अधिकांश नेपालीले ढाका टोपी तथा दौरा सुरुवाल लगाएर आफन्तकोमा आवत जावत गरेको देखिन्थ्यो।

कामको दिनमा दशमी परेकोले अमेरिकामा नेपालीहरुको पोशाक, रातो टीका निधारमा र बिभिन्न पहिरनमा समूहमा आवत जावत गरेको बिदेशीहरुले देखेर रुचीपूर्वक दशैंबारेमा जिज्ञाशा राखेको डिसीबासी एक नेपालीले बताए।

नेपाली समुदायले पक्कु,खल्पिको अचार,रायोको साग,सेल रोटी ,चिउरा, कलेजो, भुटेको भित्र्यास आदि खान पाएकोमा नेपाल पुगेको अनुभूति गरेको अधिकांश नेपालीहरुले बताए। टीका लगाउनुको साथै जमरा कानमा भिरेर यत्र तत्र नेपालीहरुको चहल पहल बढेको देखिएको थियो। केही नेपालीहरुले नेपाल जस्तो चंगा उडाउन र लिङ्गे पिङ्ग खेल्न अमेरिकामा नपाईने भएकोले जे जस्तो भएता पनि दशैंमा मातृभूमिको धेरै याद आएको बताए।





Comments

comments

1733