Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अञ्जु पन्तले हङकङमा दशैं गीतमै शुभकामना दिइन्

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, दशैं गीत नगाउंदा विवादमा तानिएकी गायिका अञ्जु पन्तले हङकङमा दशैंको शुभकामना सन्देशमात्र दिइनन् दशैं गीत गाएरै शुभकामना पनि दिएकी छन्। हेर्नुहोस् भिडियो


Video: Jagat Ambu Gurung / HKNepal.com

सहारा एकेडमी पोखराको सहयोगार्थ अक्टोबर १ तारिख हङकङमा सम्पन्न सहारा साँझमा उनले दशैंको अवसरमा शुभकामना दिएकी हुन्। केही समयपहिले हिन्दू शव्द भएको कारण दशैं गीत गाउन नमानेको कुरा सार्वजनिक भएपछि गायिका पन्त प्रशंसकहरूबाट आलोचित बनेकी थिइन्। कसैको धार्मिक आस्थामाथि चोट पुर्याउने र होच्याउने लक्ष्य नभएको भन्दै गायिका पन्तले सामाजिक सञ्जालबाट प्रेस वक्तव्य जारी गरेर स्पष्टिकरण दिएपछि विवाद मत्थर भएको थियो।

अञ्जु पन्तः नबिर्से तिमीलाई

सहारा साँझमा नबिर्से तिमीलाई, तिर्खा लाग्यो पानी खाएंलगायत गीत गाएकी पन्तले सहारा एकेडेमी पोखरालाई आफ्नो पारिश्रमिकबाट १ लाख रूपैया सहयोग गरिन्। कार्यक्रममा गायक तथा नायक यशकुमार,भलिबल सुन्दरी तथा नायिका सिपोरा गुरूङ, लोक दोहोरी गायक गायिका देब गुरूङ र इनमाया गुरूङले गीत संगीत तथा कला प्रस्तुत गरेका थिए।

अञ्जु पन्तः तिर्खा लाग्यो पानी खाएं

सिपोरा गुरूङ

पूरा प्लेलिस्ट्स हेर्नुहोस् भिडियो





Comments

comments

933