Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

निर्वाचन सफल बनाउन कलाकारको अहम् भूमिका: सभापति अधिकारी

पोखरा, १३ वैशाख । व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले आसन्न स्थानीय तहको निर्वाचन सफल बनाउन कलाकारको भूमिका अहम् भएको बताउनुभएको छ।

प्रगतिशील लोक दोहोरी गीत समन्वय समिति प्रदेश ४ को चुनावी गीत विमोचन कार्यक्रममा मङ्गलबार उहाँले गीतबाट मतदातालाई निर्वाचनको महत्वबोध गराई स्थानीय तहमा योग्य जनप्रतिनिधि निर्वाचित गराउन विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।

नेकपा (एमाले) स्थायी समितिका सदस्य किरण गुरुङले एमालेको समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई मूर्तरुप दिन स्थानीय तहको निर्वाचनमा एमालेले अग्रस्थानको मत पाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा लोक दोहोरी गायक प्रजापति पराजुली, पुरुषोत्तम न्यौपानेलगायत वक्ताले बोल्नुभएको थियो। रासस





Comments

comments

Leave a Reply

17456