Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मनिराज जोशीलाई लेखनाथ पुरस्कार

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, ११ असोज। त्रिमूर्ति निकेतनले यस बर्षको लेखनाथ पौड्याल पुरस्कार कैलालीका मनिराज जोशीलाई दिने निर्णय गरेको छ।

फाइल तस्वीरः मनिराज जोशी, मदनदास श्रेष्ठ र प्रा.डा.गार्गी शर्मा।

यस पुरस्कारको राशि पचास हजार रुपियाँ र ताम्रपत्र रहेको छ। ५९ बर्षीय मनिराज जोशीका पच्चीस वटा कृतिमध्ये छ वटा महाकाव्य प्रकाशित छन्।

निकेतनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको त्रिमूर्ति निकेतनको साधरणसभाले बालकृष्ण सम फाउन्डेशनको संयोजकमा नाट्यकर्मी मदनदास श्रेष्ठलाई मनोनीत गरेको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जनाएका छन्।

त्रिमूर्ति निकेतनले प्रा.डा.गार्गी शर्माको संयोजकत्वमा विश्व नारी नेपाली साहित्य सम्मेलनको अञ्चल, जिल्ला र विदेशमा रहेका सञ्जाल यथावत राख्ने निर्णय गरेको छ।





Comments

comments

1753