लिरामुमो प्रवास समिति हङकङको अध्यक्षमा इन्द्र लोक्सम, लिङदेनको राजिनामा

अमिना शेर्मा / एचकेनेपाल डट कम –
हङकङ, २९ सेप्टेम्बर। लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल प्रवास समिति हङकङको अध्यक्षमा इन्द्र लोक्सम आएका छन्।

प्रवास समिति हङकङको आइतवार विहान वसेको वैठकमा निर्वतमान अध्यक्ष रविन लिङदेनले राजिनामा दिएपछि रिक्त रहेको पदमा निवर्तमान सचिव इन्द्र लोक्सम सर्वसहमतीले चुनिएका थिए।

निर्वतमान अध्यक्ष रविन लिङदेन गत ७ सेप्टेम्बरमा एनेकपा (माओवादी) हङकङको अध्यक्ष पदमा निर्वाचित भए पछि लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल, प्रवास समिति हङकङको वैठक डाकेर आफ्रनो मोर्चाको अध्यक्ष पदबाट राजिनामा दिए।

राजिनामा दिएसगैं पार्टी अध्यक्ष रविन लिङदेनले एनेकपा (माओवादी) हङकङको मुख्य जिम्मेवारी पाएकोले हङकङस्थित सवै मोर्चा र पार्टीसंग आवद्ध विभिन्न संघसस्थाहरुको जिम्मेवारी लिम्मेवारी लिनु पर्ने अवस्था आएकोले मोर्चाको अध्यक्षबाट राजिनामा दिनु परेको वताए। उनले मोर्चाको केन्द्रिय सदस्य र पार्टी हङकङ शाखाको अध्यक्षमा रहेर नेपाली कम्युनिष्ट आन्दोलनको जगबाट प्राप्त नेपाली पूँजीवादी जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्ने बाटोमा इमान्दार साथ लाग्ने वताए।

त्यस्तै, मोर्चाको अध्यक्ष इन्द्र लोक्समले सर्वसहमतिमा चुनिएपछि मोर्चामा आफू इमान्दार साथ सवैसंग, मार्चाको पदाधिकारीहरुसंग र केन्द्रीय मोर्चा तथा पार्टीसंग सरसल्लाह गर्दै मोर्चालाई अगाडी वढाउने वताए।

मोर्चाको निवर्तमान सचिव अध्यक्ष पदमा सर्वसहमतिले चयन भएपछि रिक्त रहेको सचिव पदमा सचिवालय सदस्य मौसम इम्बुङ सचिव पदमा सर्वसहमितिमै चुनिएका छन्। धेरै संघ सस्थामा परिचित सचिव मौसम इम्बुङले हङकङको मोर्चामा रहेर आदिवासी जनजातिको हकहितको लागि राजनैतिक चेतनाको लागि आफूले काम गर्ने वताए।

चलचित्र डाइरेक्टर समेत रहेका इम्बुङले नेपाली सिने जगतमा आदिवासी चलचित्रलाई वास्ता नगरिएको वताउदै राजनैतिक चेतना चाहिने वताए। सवै काममा आफू निरन्तर लागि पर्ने इम्बुङले वताए।

मोर्चाको अर्का उपाध्यक्ष हस्त लिवाङले समेत राजिनामा दिएको छन्। केन्द्रीय सदस्य समेत रहेका निवर्तमान उपाध्यक्ष लिवाङले आफू केन्द्रिय समितिमा रहेर काम गर्नुपर्ने र पार्टीले दिएको जिम्मेवार वहन गर्ने भनि राजिनामा दिएका हुन्। उपाध्यक्षको राजिनामापछि लिवाङ केन्द्रिय सदस्यको हैसियतमा काम गर्ने वताएका छन्।





Comments

comments

1787