Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नन्दप्रसादले दुई अर्ब माग्दा ज्यान गयो: गृहमन्त्री

काठमाडौं, १३ असोज। उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले गोरखाका नन्दप्रसाद अधिकारीले अनशन तोड्नका लागि सरकारसँग दुई अर्ब रुपैयाँ मागेको दाबी गरेका छन्।

संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिको छलफलमा आइतबार गृहमन्त्री गौतमले अधिकारी दम्पतीलाई अनशन तोडाउने प्रयास गर्दा उनीहरुले सरकारले दुई अर्ब क्षतिपूर्ति दिएमात्र अनशन तोड्ने बताएको जानकारी दिएका हुन्। नन्दप्रसादको जीवितै छँदा यसबारे केही नबताएका गौतमले उनको मृत्युको एक सातापछि यस्तो दाबी गरेको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ।

‘यो सरकारले धान्न सक्ने रकम थिएन। दुई अर्ब दिन नसकेकै कारण नन्दप्रसादको ज्यान गयो,’ उनले भने, ‘सरकारले निरन्तर न्याय दिलाउने प्रयास गर्दा पनि उहाँहरुले अटेर गरेर अनशन बसिरहेकाले यत्रो दुखद घटना हुनपुग्यो।’ अधिकारी दम्पतीलाई न्याय दिलाउन सरकारले सक्दो प्रयास गरिरहँदा पनि नन्दप्रसादको ज्यान जोगाउन नसकिएको बताउँदै गंगामायाको जीवन रक्षाका लागि प्रयास गरिरहेको उनले जानकारी दिए। गृहमन्त्री गौतमले संसदीय समितिलाई यस घटनाबारे बिस्तृत जानकारी गराएका थिए।

गोरखा फुजेलका यी दम्पतीका १७ वर्षे छोरा कृष्णप्रसाद तत्कालीन माओवादीले गोरखामा हत्या गर्ने थाहा पाएर घरबाट भागेका थिए। भागेर हजुरआमाको घर चितवन पुगेका उनलाई ०६१ सालमा तीन जना व्यक्तिले अपहरण गरी गोली हानेर हत्या गरेको अनुसन्धानबाट पत्ता लागेको थियो।





Comments

comments

1792