Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

इजरायली धर्मगुरु छुटाउन न्युयोर्कबाट प्रधानमन्त्रीको फोन

काठमाडौं, १३ असोज। अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले थुनामा परेका इजरायली धर्मगुरु चेजाई लिस्पिजलाई छुटाउन फोनबाटै निर्देशन दिएका छन्।

आफ्ना धर्मगुरुलाई दु:ख दिएको भन्दै इजरायली अधिकारीले विरोध गरेपछि छुटाउन कोइरालाले कार्यबाहक प्रधानमन्त्री वामदेव गौतमलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीको निर्देशनपछि अध्यागमन विभागले नियम मिचेर धर्मगुरुलाई शुक्रबार रिहा गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ। अदालतमा म्याद थप गरी थुनामा राखेको व्यक्तिलाई मुद्दा दायरपछि अदालतको आदेशमा मात्र छोड्न सकिनेमा विभागले कूटनीतिक कारण देखाउँदै छोडेको हो।

अध्यागमन विभागका महानिर्देशक सुदर्शन ढकालले कूटनीतिक सम्बन्धलाई ख्यालमा राखी धर्मगुरुलाई थुनामुक्त गरिएको बताए। ‘परराष्ट्र मन्त्रालयले नै उनलाई छाडिदिन पत्राचार गरेपछि हामीले दुई देशबीचको सम्बन्धलाई ख्यालमा राखी उनलाई थुनामुक्त गरेर कारबाही अघि बढाउने निर्णय गरेका हौँ,’ ढकालले भने। इजरायली दूतावासको जमानीमा लिस्पिजलाई छाडिएको उनले बताए।

नेपाली भिसा उप्काएको आरोपमा २ असोजमा यहुदी धर्मगुरु लिस्पिज पक्राउ परेका थिए। नियतवश नभई झुक्किएर भिसा उप्किँदा पनि अध्यागमन विभागले थुनामा राखेर मुद्दा चलाएको भन्दै इजरायलका अधिकारीहरू रुष्ट भएका हुन्।





Comments

comments

1797