हङकङमा नेपाली हिरोइनसंग हाईकिङ…

हङकङमा नेपालको प्रचार
‘एभरेष्ट डे’सँगै ‘हाईक फर नेपाल’

एचकेनेपाल डट कम सम्वाददाता –

हङकङ २८ मे। ‘हामी उठ्ने छौं’ अभियान विश्वभरका नेपालीबीच भावनात्मक सम्बन्ध निर्माणको उद्देश्यसहित सुरुवात भएको ‘वि विल राईज फाउण्डेसन’को आयोजनामा हङकङको लायन रक कन्ट्री पार्कमा हाईकिङ सहित “एभरेष्ट डे“ सम्पन्न भएको छ।

“हाईक फर नेपाल“ नाम दिईएको करिब ७ किलोमिटरको हाइकिङमा हङकङबासी नेपाली, स्थानीय चीनीया, अन्य विदेशी हाईकरहरुसँगै विभिन्न देशका राजदूतहरुसहित करिब ४०० हाईकरहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको उदघाटन नेपाली सगरमाथा आरोही नायिका निशा अधिकारी, अर्का सगरमाथा आरोही हङकङका नागरिक जोन चाङ र नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराईले संयुक्त रुपमा उदघाटन गरेका थिए।

सोही साँझ नाथन रोडस्थित होटल सेराटनमा च्यारिटी डिनर आयोजित गरिएको थियो । कार्यक्रममा अभिनेत्री एवं सगरमाथा आरोही निशा अधिकारीले आफ्नो आरोहण अनुभव सुनाएकी थिईन । ‘वि विल राईज फाउण्डेसन’का संस्थापक तुलसी गुरुङले फाउण्डेसन र “हाईक फर नेपाल“ बारे जानकारी दिएका थिए भने महावाणिज्य दुत कमल प्रसाद भट्टराईले “एभरेष्ट डे“ तथा नेपालको बारेमा प्रकाश पारेका थिए । कार्यक्रमबाट “हाईक फर नेपाल“ तथा च्यारिटी डिनरबाट उठेका सहयोग फाउण्डेशनले नेपालका दुर्गम क्षेत्रको शिक्षा क्षेत्रको स्तरोन्नतीका लागि खर्च गरिने जनाएको छ।

‘एक नेपाली जो जहाँ भएपनि’ भन्ने नाराका साथ हङकङबाटै सुरु भएको यो अभियान स्वदेश एवं विदेशमा रहेका नेपालीहरू बीच एक आपसमा सुमधुर साइनो कायम राख्ने माध्यम बनेको छ।

महाभूकम्पले जन्माएको यो अभियानले पछिल्लोसमय आफ्नो दायरा फराकिलो बनाउँदै अघि बढिरहेको छ । अभियानका रुपमा सुरु भएको ‘हामी उठ्ने छौं’ हाल ‘वि विल राईज फाउण्डेसन’ का रुपमा संस्थागत भएको छ । यो कुनै पेशागत, जातीय, वर्गीय वा राजनीतिक संगठन नभएर केवल विशुद्ध नेपाली मनहरूको संयोजनबाट बनेको संस्था हो । सानो सुन्दर मुलुक नेपाल हरेक क्षेत्रमा उठ्नु पर्छ भन्ने अभिप्रेरणा र सकारात्मक सोच जगाउँने अभियानको मुल मन्त्र भएको संस्थापक तुलसी गुरुङ बताउँछन्।

यहि उदेश्य अन’रुप फाउण्डेसनले विभिन्न गतिविधिहरु संचालन गर्दै आइरहेको छ । भूकम्पछि थलिएको नेपालको पर्यटन प्रर्वद्धन हेतु गतवर्षदेखि हङकङमा हाइकिङ (लामो दूरीको पैदल यात्रा) आयोजना थालीएको हो । ‘नेपालका लागि सँगसँगै पाईला चालौ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा उत्साहजनक सहभागिता रहदै आएको छ । विश्व सगरमाथा दिवस मे २९ का अवसर पारी वर्षेनी यि कार्यक्रमलाई निरन्तरता दिने फाउण्डेशनले जनाएको छ।





Comments

comments

Leave a Reply

18114