बेलायतको ‘गोर्खा कप’को उपाधि एफसी केन्ट भेटेरनलाई

सुरेन्द्र इङ्नाम –
केन्ट, बेलायत । बेलायतको अल्डरसटमा तमुधिको आयोजनामा आइतवार सम्पन्न ‘गोर्खा कप’ भेटरेनतर्फ एफ सी केन्टले लगातार ३ पल्ट जितेको छ।

यस क्लबको स्थापनाकालदेखि लगातार जित्दै आएको यस “गोर्खा कप” यस वर्ष भने विषेश रहेको टिम म्यानेजर बुद्धि सुनवार र कोच लोक लिम्बुले जानकारी दिए। नेपालबाट नेपाल राष्ट्रिय फुटबल टिमकोचलाई स्पोन्सर गरी टिमको प्रोमोसन साथै गोर्खा कपको शोभा बढाइएको जानकारी सुनवारले दिए।

भेटेरेन तर्फ ८ टिमले भाग लिएको “गोर्खा कप” मा फाईनलमा ईलाम एफ सीलाई भास्कर राईले १ गोल र गुप्तराज चेम्जोङले १ गोल गरी जम्मा २ गोलको विरुद्ध शून्यमा खेल सकिएपछि “कप” सहित पुरस्कार राशि १५ सय पाउण्ड प्राप्त गरे। भेटेरेनतर्फ उत्तम खेल प्रदर्शन गरी गुप्तराज चेम्जोङले मेन अफ द म्याचको पुरस्कार पनि हात पारे।

“गोर्खा कप” कोर्डिनेटरका अनुसार ६३ टिमहरुले रजिस्टर गर्न खोजे पनि मेन टिम तर्फ ३२ टिमलाई मात्र सहभागी गराउन सकिने भएकोले पहिलो ३२ टिमहरुलाई मात्र रजिस्टर गरि खेलाईएको बताए। खेलमा मंगोलियन भान्जाजले ब्रिगेड बोईजलाई प्यानल्टि सुटआउटमा हराएर मेन टिमको “कप” जितेको थियो।





Comments

comments

Leave a Reply

18125