कसका कति मन्त्री ?

कांग्रेस चारपटक सरकारमा, एमाले र एमाओवादी ६–६ पटक
काठमाडौं, २३ जेठ ।
कांग्रेसका ५९ मन्त्री
कांग्रेस १० वर्षयता चारवटा सरकारमा सहभागी भएको छ । दुईवटा सरकार कांग्रेसकै नेतृत्वमा गठन भएको थियो।

अब आफ्नै पार्टी सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुँदा ५औँ पटक कांग्रेसको सत्तारोहण हुँदै छ । चारपटकको सत्तारोहणका क्रममा कांग्रेसका ५९ नेता मन्त्री भएका छन् । त्यसमध्ये विमलेन्द्र निधि, डा. रामशरण महत, डा. प्रकाशशरण महत, बालकृष्ण खाणलगायतका नेता दोहोरिएर मन्त्री बनेका थिए।

 एमालेका ६८ मन्त्री
एमाले १० वर्षयता ६ पटक सरकारमा सहभागी भएको छ । एमालेले तीनपटक आफ्नो नेतृत्वमा सरकार बनायो । दुईपटक कांग्रेसको र एकपटक माओवादी नेतृत्वको सरकारमा एमाले सहभागी भएको थियो । यसबीचमा एमाले ६८ नेता मन्त्री भएका छन् । भीम रावल, विष्णु पौडेल लगायतका नेताहरु दोहोरिएर मन्त्री बनेका छन् ।

माओवादीका ७५ मन्त्री
दश वर्षमा ६ पटक सरकारमा रहेको माओवादीले दुई पटक आफ्नै नेतृत्वमा सरकार चलाएको छ । यसबीचमा माओवादीका ७५ नेता मन्त्री बनेका छन् । अव सातौ पटक कांग्रेस नेतृत्वको सरकारमा माओवादी सहभागी हुदैछ । कृष्णवहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, अग्नि सापकोटा लगायतका नेताहरु दोहोरिएर मन्त्री बनेका छन् ।

 अन्य दलका ४८ मन्त्री
दश वर्षयता काग्रेस, एमाले र माओवादी केन्द्रकाबाहेक अन्य दलका ४८ नेता मन्त्री वनेका छन् । मधेस केन्द्रीत दल, नेकपा माले, राष्टिय जनमोर्चा, नेकपा माक्र्सवादी लगायत दलका नेता मन्त्री भएका हुन् । नेताहरु उपेन्द्र यादव, विजयकुमार गच्छेदार, प्रमेवहादुर सिंह, एकनाथ ढकाल लगायत नेताहरु दोहोरिएर मन्त्री बनेका छन्। नयाँपत्रिकामा समाचार छ।





Comments

comments

Leave a Reply

18264