वैदेशिक रोजगारीबाट फर्केका हेमराज बाँस्तोला विश्वको उत्कृष्ट २५ औं टुरिष्ट गाइट

टुरिष्ट गाइडहरूको ठूलो मानिने अनलाईन समूह टुर गाइड एचक्यूले सन् २०१७ को विश्वका टप सय जना उत्कृष्ट गाईटहरूलाई ग्लोबल गाइड अवार्ड २०१७ प्रदान गरेको छ।

विश्वका दुई सय आठ देशका छब्बीस हजार टुरिष्ट गाइडहरूबाट उनीहरूले घुमाएका पर्यटकहरूको फिड ब्याक, गाइटको क्वालिटी प्रोफाईल, गाइटको काम गराईको स्तर, पर्यटकहरूसँग गरिएको संवाद लगायतका ५० एउटा फरक तरिकाको माध्यमको आधारमा यो एवार्ड प्रदान गरिएको अनलाईनको आफ्नो साईटमा उल्लेख गरेकोछ।

अफ्रिकी मुलुक तान्जानियाका टुरिष्ट गाइट डेनिय-सायो पहिलो स्थानमा छन् भने साउथ अफ्रिकाका स्टेभन ब्राउन सय औं स्थानमा रहेका छन्। नेपालबाट पोखराका हेमराज बाँस्तोला २५ औ स्थानमा परेका छन् भने अन्य उत्कृष्ट टुरिष्ट नेपाली गाइटहरूमा क्रमश ३३ औं स्थानमा राजेन्द्र धमला,३७ औ मा सुसान मानन्धर ,४१ औ मा शिव सेडाई ,५६ औ मा दिपक अर्याल,६१ औ मा विकाश श्रेष्ठ ,६६ औ मा पुर्ण कार्की,७८ औ मा शिव ढकाल,७९ औ मा पारशमणि अमग्याई ,८३ औ मा अनिल मानन्धर र ८९ औ स्थानमा विजय रिमालसहित ११ जना विश्वका उत्कृष्ट सय भित्रमा परेका छन्। यसरी उत्कृष्ट भित्र परेका संख्याहरूको आधारमा हेर्दा नेपाल श्रीलंका पछिको दोस्रो स्थानमा रहेको छ।

सन् २०१६ मा ६७ औं स्थानमा रहेका हेमराज बाँस्तोलाले अंग्रेजी विषयमा स्तातक गरेका छन् भने उनी कवि पनि हुन्। वैदेशिक रोजगारीको शिलसिलामा १० महिना दुवईमा विताएका बाँस्तोलाले आफूलाई वैदेशिक यात्राले काममा ठूलो सानो हुन्न भन्ने बुझाएको बताउँछन्। यही वैदेशिक यात्राले नै मलाई पर्यटन क्षेत्रमा टुरिष्ट गाइटको रूपमा काम गर्ने हौसला प्रदान गरेको ग्लोबल सेतोपाटीसँग बताए।





Comments

comments

Leave a Reply

18323