Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अश्लील फिल्म खेल्ने / खेलाउनेहरू भागाभाग

काठमाडौं, १४ असोज। केही समयअघि यौनजन्य फिल्मको भेलै आएको थियो। विशेषगरी लुट र चपली हाइटपछि छाडा शब्द र दृश्य राखेर फिल्म बनाउनेहरू सलबलाएका थिए। लुट र चपली हाइटले पैसा कमाएको देखेपछि न्यूनतम मर्यादाको समेत ख्याल नगरी अश्लीललाई बढावा दिएका फिल्म बग्रेल्ती बने। तर, कालान्तरमा त्यस्ता फिल्म र फिल्मकर्मीको भागाभाग भएको समाचार आजको नयाँपत्रिकामा छापिएको छ।

अश्लील र छाडापनलाई स्थान दिएर फिल्म बनाउने, खेल्ने मात्र होइन, निर्देशन गर्नेहरू पनि दुई वर्षको अवधिभित्रै रजतपटबाट लगभग हराएका छन्। अचेल छाडा विषय र प्रस्तुतिका फिल्म बन्न पनि करिब–करिब बन्द भएको छ। लुट र चपली हाइटलाई सेन्सर बोर्डले पर्याप्त मात्रामा आँखा नलगाएकाले छाडा गाली र दृश्यका फिल्म बग्रेल्ती बने।

यौनजन्य फिल्ममा अभिनय गरेर आफूलाई स्टार सोच्नेहरू अहिले कुन दुलामा पसेका छन्, भेटाउन गाह्रो पर्छ। एटिएमका जिया, सबिना र सोनियाको फिल्म करिअर कस्तो चल्दै छ, कसैले चासो राख्दैन। जिया अभिनेता भुवन केसीसँगको निकट सम्बन्धका कारण चर्चामा आए पनि सुनाम भने कमाउन सकिनन्। दीपक श्रेष्ठको रङ वेमा प्रचुर मात्रामा यौन दृश्य दिएर थप आलोचना खेपेकी उनी अचेल फिल्मविहीन छिन्। त्यस्तै, एटिएमकी अर्की ‘हिरोइन’ सोनियाको हालत पनि उस्तै छ। ढुंगेयुग, करामतलगायतका फिल्ममा अभिनय गरे पनि एटिएमपछि भने उनी निकै आलोचित भइन्। पछिल्लो समय कुर्बान फिल्ममा अभिनय गरेकी उनलाई दर्शकले हिरोइनका रूपमा स्वीकारेका छैनन्। एटिएमकी अर्की प्रमुख पात्र सबिना कार्की पनि अचेल फिल्मविहीन छिन्।

सर्वत्र आलोचना हुने, हलमा दर्शक नजाने, सेन्सरले कैँची चलाउने र बाटोमा हिँड्दा पनि गोदाई भेटिने सम्भावना अधिक भएकाले अचेल यौनलाई प्रस्रय दिएका फिल्म बन्न छाडेका छन्। अश्लील फिल्मसँगै अश्लीलतामा रमाउनेहरू पनि अचेल फ्लप भएका छन्।

हाइवे फिल्ममा ऋचा शर्माले ‘कथाको माग’ भन्दै निर्वस्त्र दृश्य दिएकी थिइन्। हाइवेले दर्शकको निकै गाली खायो। मेरो जीवन साथी, बिन्दास र बिन्दास–२ फिल्ममा दिएको ओपन दृश्यका कारण सुष्मा कार्की पनि विवादमा आइन्। त्यसभन्दा अघि उनले ब्याच नम्बर–१६ मा अर्पण थापासँग दिएको टङकिसले पनि निकै गाली पाएको थियो। राज तिमिल्सिनासँग सिलसिला र राजभाइ फिल्ममा टङकिस सिन दिएर केही समय चर्चामा छाएकी सोनिया केसी अचेल कहाँ, के गर्दैछिन्, अत्तोपत्तो छैन।





Comments

comments

1837