Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तीन सय वर्षपछि यस वर्ष दसैंको नवमी र दशमी एकै दिन

काठमाडौं, १४ असोज। करिब तीन सय वर्षपछि यस वर्ष बडा दसैंको नवमी र दशमी एकै दिन परेपछि नेवाः समुदायको मोहनी चाड मनाउने दिन फरक फरक हुने भएको छ।

नेवार समुदायमा नवमीको दिन घरमा ज्यावल, हतियार, गाडी, ज्यासल, पुस्तकलगायत पूजा गरेर मोहनी चाड मनाइन्छ भने बौद्धमार्गीहरुले दशमीको दिन सम्राट अशोकले शस्त्रास्त्र त्यागेको दिनको स्मरणमा मोहनी चाड मनाउने गरिएको छ।

मोहनी चाड अष्टमीबाट तीन दिन लगातार मनाउने परम्परा रहेपनि यस वर्ष नवमी र दशमी एकै दिन असोज १७ गते परेकाले काठमाडौं, ललितपुर, भक्तपुर र उपत्यकाबाहिर नेवार समुदायले फरक फरक दिन मोहनी चाड मनाउन लागेको नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले बताए।

नेपाल पञ्चाङ्ग निर्णायक समिति र क्वाःबहाः गुठीले असोज १५,१६ र १७ गते मोहनी चाड मनाउने निर्णय गरेको छ भने काठमाडौंस्थित जनबहारः गुठीले १६,१७ र १८ गते अष्टमी नवमी र दशमी मानेर चाड मनाउने निर्णय गरेको समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ। भक्तपुरको तलेजु भवानी गुठीले अष्टमी र नवमी १६ र १७ गते मनाउने तयारी गरेको छ।





Comments

comments

1840