Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली फुटबल निलम्बनमा पर्ने गणेश थापाको चेतावनी

काठमाडौ, १४ आश्विन। भ्रष्टचारको आरोप लागेका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापाले आफूलाई कारबाही गरे अन्तर्राष्ट्रिय फुटबल माहसंघ (फिफा)ले निलम्बन गर्ने चेतावनी दिएका छन्।

एसियाली फुटबल महासंघ (एएफसी)का उपाध्यक्षसमेत रहेका उनले भने, ‘फिफाको नियमानुसार तेस्रो पक्ष (सरकार वा अरु)ले हस्तक्षेप गर्नेबित्तिकै निलम्बन गर्छ, आज कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा लेखेको छ। संस्था स्वतन्त्र रुपमा चल्नुपर्छ भन्ने मान्यता हो। कुनैपनि हस्तक्षेप हुनुहुन्न। त्यो नेपाली फुटबलमा दुर्घटना हुनसक्छ।’ उनी राप्रपा नेपालको कोटामा संविधानसभाका सभासद् पनि बनेका छन्।

नेपालको कानून मान्ने कि फिफाको नियम ? पत्रकारको प्रश्नमा उनले भने, ‘परिस्थिति हेरेर हुन्छ। फुटबल खेल्ने भएपछि फिफाको नियम मान्नै पर्छ। नेपालको नागरिक भएकोले मैले नेपालको नियम मान्नैपर्ने हुन्छ।’ समितिले पदीय अधिकार प्रयोगबाट स्थगनको निर्देशन दिइएका उनले थपे,’हस्तक्षेप भयो भने निलम्बन गर्ने फिफाको अधिकार हो। त्यो मान्ने-नमान्ने राज्यको कुरा हो। तर, फिफाको मान्यता चाहिदैन भनेर निर्देशन दिए म राज्यको निर्णय मान्छु।’

संसदको सार्वजनिक लेखा समितिले एन्फामा ५८ करोड १७ लाख १२ हजार ७ सय ५० रुपैयाँ खर्चमा भ्रष्टचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिने आइतबार निर्णय गरेको थियो। एन्फामा थापा २०५१ चैत यता निरन्तर अध्यक्षमा छन्।

अध्यक्ष थापाले भ्रष्टाचारको आरोप भ्रामक र झूट भएको पनि बताए। ‘आरोपमा भ्रामक र झुट कुराबाहेक केहि छैन,’ उनले भने, ‘१० बर्षको अडिट रिपोर्ट, माइन्युटिटिङ र बैंक स्टेटमेन्ट समितिलाई दिएका छौं। त्यो हेर्नुभएजस्तो लागेन। ९० प्रतिशत कागजात अख्तियारले लगेको छ। तर, समितिले प्रष्ट पार्न सफाइको मौका पनि दिएन।’

संचारमाध्यममा आएका लेखा समिति सदस्यहरुप्रति लक्षित गर्दै थापाले भने, ‘मैले उहाँहरुकाबारे पनि बोल्न पाउने दिन आउँला।’ उनले छानबिनमा सम्बन्धित निकायलाई पूर्ण रुपमा सघाउने पनि बताए।





Comments

comments

1842