Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोरियामा भलिबलका पूर्वकप्तान शाह सम्मानित

खेम कार्की / एचकेनेपाल डट कम-
दक्षिण कोरिया। १७ औं एसियाली खेलकुदमा सहभागी हुन अफिसिएलको रुपमा आएका राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान भरत शाहलाई कोरियामा सम्मान गरिएको छ।

दक्षिण कोरियाको राजधानी सिओलमा आइतबार एक समारोहबीच शाहलाई कोरियाका विभिन्न संघसंस्थाले सम्मान गरेका हुन्। ०४४ सालदेखि देशका तर्फबाट भलिबल खेलेका शाहले लामो समयसम्म खेलकुदमा संलग्न बनेर योगदान दिएको भन्दै ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो। शाहलाई करिब ८०० डलर रकमपनि प्रदान गरिएको थियो। कोरियामा नसोचेको सम्मान पाएको भन्दै सम्मानित शाहले आगामी दिनमा पनि खेलकुदको विकासमा लागि पर्ने जिम्मेवारी थपिएको बताए।

कार्यक्रमका नेपाली दूतावास दक्षिण कोरिया उपनियोग प्रमुख राजाराम बर्तौलाले पूर्वकप्तान शाहले १४ वर्ष नेपालको भलिबल खेलमा क्याप्टेन भई देशविदेशमा नेपालको प्रतिष्ठालाई उच्च राख्न सहयोग गरेको भन्दै उनको योगदानको चर्चा गरे। शाहलाई सम्मान गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै यसबाट आगामी दिनमा पनि भलिबल विकासमा सहयोग पुग्ने आशा राखेको भलिबल खेलाडी एबम समाजसेवी उमेश बस्नेतले बताए।

सिओलको माङवलसाको स्टेडियममा नेपाल कोरिया भलिबल संघ, एनआरएन कोरिया, नेपाली सम्पर्क समिति, म्याग्दी समाज, बाग्लुङ परिवार, पर्वत प्रवासी समाज, स्याङजा परिवार, सुदूरपश्चिम समाज, पाचँथर मञ्च, खोटाङ सेवा समाजलगायत विभिन्न संघसंस्थाले शाहको सामूहिक सम्मान गरेका हुन्।

पर्वत प्रवासी समाजले कोरियामा गरेको भलिबल प्रतियोगिताकै क्रममा उनलाई सम्मानित गरिएको थियो। प्रतियोगिताको उपाधि युनिक भिजन ग्रुपले जितेको थियो। पूर्व कप्तान शाहले कोरियाको राष्ट्रिय स्तरको भलिबल ट्रेनिङ सेन्टरको समेत अवलोकन गरेका थिए।





Comments

comments

1874