प्रवासी नेपाली मंच बेल्जियमको सातौं पूर्ण बैठक

प्रवासी नेपाली मंच बेल्जियमको सातौ पूर्ण बैठक यहि सेप्टेम्बर २८ मा मंचका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा एन्तर्पेन शहरमा बसी निम्न निर्णय गरेको छ।

१) नेपाल कम्युनिस्ट आन्दोलनकी होनहार योद्धा नेकपा एमालेकी नेत्री कमरेड साहना प्रधानको निधनमा हाम्रो संगठन गहिरो दुख ब्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक प्रस्ताब पारित गरियो।

२) मंचको अघिल्लो बैठकदेखि यस बैठकसम्मका गतिबिधिलाई समेटेर अध्यक्षज्यूले प्रस्तुत गर्नु भएको संगठानिक प्रतिबेदन र विभिन्न विभागीय प्रमुख हरुले प्रस्तुत गर्नु भएको प्रगति प्रतिबेदनलाइ विभिन्न सुझाबसहित सर्ब सम्मतिले पारित गरियो। साथै कोषाध्यक्षले प्रस्तुत गर्नु भएको आर्थिक विवरणलाइ पनि पारित गरियो।

३) गैरआवासीय नेपाली बेल्जियम र बेल्जियमका सम्पूर्ण सस्थाको आयोजना यहि अक्टोबर ४ र ५ मा बेल्जियमको सो द फ़ोण्टेन शहरमामा सम्पन्न हुन गइ रहेको सातौ नेपाली महोत्सबलाइ भब्य रुपमा सफल बनाउन हाम्रो संगठनको तर्फबाट सम्पूर्ण सहयोग गर्ने निर्णय गर्दै सम्पूर्ण बेल्जियमबासी नेपालीहरुलाई उक्त महोत्सबमा उपस्थितभै नेपालको प्रबर्धनमा सहयोग गर्न आव्ह्वान गर्ने निर्णय गरियो।

४) नेपाल हाउस , इपर स्मारक जस्ता बेल्जियमबासी नेपालीको साझा बिषयलाई नेपाली दूताबास , एन आर एन एन बेल्जियम र संघ संगठन मिलेर यथासक्या छिटो निर्माण गर्न अनुरोध गर्ने र त्यसको लागि हाम्रो संस्थाले सम्पूर्ण सहयोग गर्ने निर्णय गरियो।

५) बेल्जियममा नेपालीको बसाइलाई अबैधानिका गर्ने र जबरजस्ती नेपालीलाई सपुर्दगी गर्ने कार्य रोक्ने बिषयमा हाम्रो संस्थाले सुरुदेखिनै सम्बन्धित निकायमा कुरा उठाउदै आएको कुरा सबैमा जानाकारीनै छ र यहि बिषयमा केहि समय पहिला बेल्जियमका सात बैचारिक संगठनले संयुक्त रुपमा सहकार्य गरि यो बिषयलाई अगाडी बढाउने योजना अनुसार हाम्रो संगठन पनि सहकार्यसहित अगाडि बढेको हो र आगामी दिनमा पनि बेल्जियममा नेपालीहरु बसाइलाई बैधानिकता गर्न र जबरजस्ती सुपर्दगी रोक्नको लागि हामो संगठन बेल्जियममा रहेका एन आर एन लगायत सम्पूर्ण संघ संस्थासंग सहकार्य गरि अगाडि बढने निर्णय गरियो। जबरजस्ती सुपर्दगी बाहेकका कुनै पनि बिषयमा बेल्जियमको सात बैचारिक संगठनको नाममा भएका गतिबिधिमा हाम्रो संस्थाको संलग्नता नरहेको र तात्कालिक स्थितीमा अन्य कुनै पनि बिषयमा हाम्रो संस्थाको साथ बैचारिक संगठनसंग सहकार्य नरहेको पनि जानकारी गराउदै आगामी दिनमा बेल्जियमको गैरआवासीय नेपालीहरुको हक हितको लागि हाम्रो संस्थाले बेल्जियममा रहेका सम्पूर्ण संघ संस्थासंग सहकार्य गरि अगाडी बढन सक्ने निर्णय गरियो।

यस प्रबाशी नेपाली मंच बेल्जियमको महासचिब बिशेष कारणबस नेपाल गएको र केहि लामो समयसम्म नेपाल बस्नु पर्ने भएकोले कार्यबाहक महासचिबमा यस बर्तमान सचिब रमेश पौडेललाई कार्यबाहक महासचिबको जिम्मेवारी दिने निर्णय गरियो। साथै बिजया दशमी, दिपावली, छठ तथा नेपाल सम्मत ११३५ को अबसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक महङ्गलय शुभकामना व्यक्त गर्दछ।

अध्यक्ष
अर्जुन गुरुङ
प्रवासी नेपाली मंच बेल्जियम





Comments

comments

1883