मलेसिया र दुबईका नेपाली कामदार सुन तस्करीमा

काठमाडौं, १५ असोज। वैदेशिक रोजगारमा मलेसिया र दुबई गएका कामदारलाई भरिया बनाएर सुन तस्करी हुन थालेको छ। घर फर्कने क्रममा उनीहरुलाई तस्करले सुन बोकाएर तस्करी गर्न थालेका समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।

प्रहरीले यसरी सुन तस्करी गर्ने सिन्धुपाल्चोकका उमेश गुरुङलाई ३५ किलो सुनसहित पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले शनिबार बेलुका उनलाई महाराजगन्जबाट पक्राउ गरेको हो।

मलेसियाबाट फर्किएका कामदारले ल्याएको सुन अन्तर्राष्ट्रिय विमानस्थलबाट लिएर फर्कँदै गर्दा गुरुङ पक्राउ परेका हुन्। मलेसियाबाट फर्किएका दुई कामदारले सुनको विस्कुट गुरुङलाई ल्याइदिएका थिए।

ठूलो मात्रामा सुन तस्करी गर्दा प्रहरीले पक्राउ गर्न थालेपछि वैदेशिक रोजगारीमा गएका कामदारलाई प्रयोग गरी सानो मात्रामा सुन तस्करी हुन थालेको हो। महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्की भन्छन् सुन तस्करीको नयाँ तरिका फेला परेको छ।





Comments

comments

1885
%d bloggers like this: