राजपरिवारका पूर्वसदस्य, पूर्वप्रधानमन्त्रीका महंगा कारहरु बने कवाडी

काठमाडौं – राजपरिवारका पूर्वसदस्य, पूर्वप्रधानमन्त्री तथा अन्य विशिष्ट व्यक्तिले प्रयोग गरेका महँगा मोटर सरकारी कार्यालयमा थन्किएका छन्।

विभिन्न मन्त्रालयमा थन्क्याइएका मर्सिडिजसहितका करिब दुई दर्जन मोटर हालकै अवस्थामा सञ्चालनमा ल्याउन सकिने अवस्था छन्।

अन्य सवारी साधन भने मर्मत गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा भए पनि त्यसतर्फ कसैले चासो दिएको देखिदैन। बरु, नयाँ सवारी खरिदमा ध्यान गएको पाइन्छ।

अहिले राष्ट्रपतिको सवारी चलाउन राष्ट्रपति कार्यालयले सरकारसँग नयाँ गाडी किन्न प्रस्ताव गरेको विषयलाई एउटा उदाहरणका रुपमा लिन सकिने खबर नागरिक दैनिकमा छ।





Comments

comments

Leave a Reply

18755