१६ करोडको गाडी खरिदबारे संसदमा र्‍याखर्‍याखती !

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गर्ने प्रस्ताव नआएको बताउनुभएको छ।

व्यवस्थापिका (संसद्मा विनियोजन विधेयकका मन्त्रालयगत खर्च शीर्षकमा भएको छलफलका क्रममा यस विषयमा जवाफ माग भएपछि प्रधानमन्त्री देउवाले यसरी स्पष्ट पार्नुभएको खबर अन्नपुर्ण पोष्टमा छ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीसँग जवाफ माग गर्नुभएको थियो।

राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गरिँदै छ भन्ने कुरा के हो ?

सांसद सुवालले भन्नुभयो,राष्ट्रपतिलाई १६ करोड, प्रधानमन्त्रीलाई १५ करोड र मन्त्रीहरूलाई १४ करोडको गाडी खरिद गर्दा मुलुकको अर्थतन्त्रले कसरी धान्न सक्छ ?,





Comments

comments

Leave a Reply

18767