टीकाको साइत ११:५५ मा, यसरी टीका लगाउंदा धेरै राम्रो..

काठमाडौं । बडादसैँको टीकाको शुभसाइत ११:५५ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ।

‘पूर्वतिर फर्किएर टीका लगाउँदा राम्रो हुन्छ,’ समितिका अध्यक्ष रामचन्द्र गौतमले भने। सरकारले देशभरका मन्दिर र शक्तिपीठमा पूजाका लागि साढे एक करोड रुपैयाँ विनियोजन गरेको छ। पूजा सामग्रीसहित पुशबलिका लागि हरेक वर्ष बजेट विनियोजन हुँदै आएको निवृत्तभरण व्यवस्थापनको कार्यालयले जनाएको छ।

शक्तिपीठमा पूजा सामग्री
सरकारले २ सय ६९ शक्तिपीठ तथा मन्दिरमा बजेट विनियोजन गरी पूजा सामग्री पठाउने गरेको छ । गोरखा दरबार, नुवाकोट दरदबार, हनुमान ढोका दरबार, पाटन दरबार, पाटन कुमारी मन्दिर, दक्षिण मन्दिर र पाँचखालको भवती मन्दिरलगायतमा पूजा सामग्रीसहित पशुबलि पठाइनेछ।

यस्ता पीठहरूमा चोखा राँगा, भेडा, बोका, हाँस, कुखुरा बलि दिइन्छ । बलि दिने पशु सबै सबलांग हुनुपर्ने नियम छ । बलि दिने जनावरको आँखा, कान, खुट्टा, खुरलगायत सबै अंग सकुशल हुनुपर्र्ने निरौलाले बताए । शक्तिपीठ र मन्दिरमा २ सय १६ प्रकारका पूजा सामग्री प्रयोग हुँदै आएका छन् । जसमा धुप, बत्ती, चन्दन, फूल, प्रसाद दियोबत्तीलगायत सामग्र्री प्रयोग हुन्छन् । शक्तिपीठ र मन्दिरमा पूजा सामग्री मल्लकालदेखि नै पठाउने गरिएको खबर नयाँ पत्रिकामा छ।





Comments

comments

Leave a Reply

19889