उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा र अर्का नेता वर्षमान पुन वाम गठबन्धनप्रति असन्तुष्ट देखिएका छन्।
एमालेसँग तत्कालका लागि चुनावी तालमेल गर्ने र निर्वाचनपछि एकीकरण प्रक्रियामा जाने निर्णयमा महरा र पुनले विमति जनाएका हुन्।
दुबै नेताले अध्यक्ष पुष्पकमल दाहालमाथि निरन्तर दबाब बढाइरकेको चर्चा माओवादी बृतमा छ । दाहालले उतिबेला ओली सरकार ढालेर कांग्रेससँग गठबन्धन बनाउन महरा र पुनलाई सक्रिय बनाएका थिए।
परिणामस्वरुप, भारतसम्म पुगेका महराले ओली सरकार ढाल्ने वातावरण बनाउन भूमिका खेलेका थिए। त्यसैले पनि महरा र पुन कांग्रेस–माओवादी गठबन्धनलाई निरन्तरता दिने अडानमा रहेका हुन्।
नेता पुन चुनावी तालमेल घोषणा सभामा उपस्थित भएनन् । तर, महरा भने उपस्थित रहेको खबर नागरिक दैनिकले छापेको छ।