नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई ईन्धन बिक्रीमा निगमलाई बार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्यायभार परेको तथ्य भेटिएको छ।
खड्काले ईन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा पदबाट बर्खास्त भएपछि उनको अर्को बदमासी बाहिर आएको खबर आजको नागरिकमा छ।
दुई बर्षको अवधिमा निगमलाई करिब ६ करोड रुपैयाँ घाटा पुगेको छ।