नेपालीभूमिमा भारतीय बस्ती

मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाएका छन् । जहदा–७ तारेगामास्थित नेपाल(भारत सीमास्तम्भ (जंगेपिलर) पीपी १७४ पीपी ६२ नम्बरसँगै टाँसेर घर बनाएका छन्।

सीमाक्षेत्रमा भेटिएका स्थानीय सञ्जयकुमार साहका अनुसार जनवरीमा नेपाल(भारत संयुक्त टोलीले सीमाक्षेत्रको नापी गरेको थियो । त्यसबेला सीमास्तम्भभन्दा उत्तरतर्फ नेपालीका केही घर हटाइएको भए पनि भारतीय बस्ती भने जस्ताको तस्तै छन्।

विराटनगरको रानी भन्सारबाट १७ किलोमिटर दूरीमा पर्छ(तारेगामको उक्त बस्ती । त्यहाँसम्म पुग्न केही कालोपत्रे सडक भए पनि धरैजसो भाग भने कच्ची ग्राभेल पर्छ । दसजगा क्षेत्रसँग जोडिएको चियाखाजा पसलका सञ्चालक नेपाली नागरिक फूलमान साहले भने, ‘यहाँ बडा रामराज्य छ । हामी वारिपारिका मिलेर बस्छौं । कोही सुरक्षाकर्मीको जरुरी नै छैन । को नेपाली र को भारतीय भन्ने भेदभाव हामीबीच छैन।’

भारततर्फ बिहार राज्यअन्तर्गत अररिया जिल्लाको सोनामनी गोदाम पर्छ भने नेपालतर्फ चाहिँ जहदा गाउँपालिकाको वार्ड नम्बर ७, तारेगामा बजार पर्छ । दुईतर्फ बस्तीको बीचमा केही भाग खाली जस्तो त देखिन्छ तर दसगजा क्षेत्र कहाँ हो भनेर छुट्ट्याउन सक्ने अवस्था छैन । ‘नो म्यान्स ल्यान्ड’ निर्जन भनिने नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा नेपाल र भारत दुवै देशले दस–दस गज खाली छाड्नुपर्ने हो।

जंगेपिलरभन्दा पूर्वपट्टिको भूभागमा भारतले दसगजा क्षेत्र मिचेर पक्की सडक बनाएको छ । अग्लो पारेर सिमेन्ट ढलान गरेर बनाइएको उक्त बाटोका कारण यसपटकको बाढीमा पनि नेपालीका घरहरू डुबेको पनि सञ्जय साहले बताए।

जंगेपिलरभन्दा पूर्वपट्टिको भूभागमा भारतले दसगजा क्षेत्र मिचेर पक्की सडक बनाएको छ । अग्लो पारेर सिमेन्ट ढलान गरेर बनाइएको उक्त बाटोका कारण यसपटकको बाढीमा पनि नेपालीका घरहरू डुबानमा परेको खबर अन्नपुर्णपोष्ट दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

19987