अमेरिकाका नेपाली खेलाडी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ बाट सम्मानित

विजय थापा / एचकेनेपाल डट कम –

अमेरिकन मरिन गोजु करातेका ५ डान (गोडान ) खेलाडी उज्ज्वल ठकुरीले हालै मात्र अमेरिकामा ‘हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड’ बाट सम्मानित भएको केही दिन नबित्दै फेरि विश्व रेकर्ड कायम गर्न सफल भएका छन्।

“हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड “अमेरिकाको एउटा प्रसिद्ध पुरस्कार मात्र नभई अमेरिका भरी सर्वश्रेष्ठ खेलाडी चिनाउने लिजेण्ड पुरस्कार थियो।

यो पुरस्कार अमेरिकन मार्शलआर्ट एशोसियसनद्वारा ९३ जना ख्यातिप्राप्त खेलाडीहरुलाई प्रदान गरेको थियो। यो प्राप्त लगतै उज्ज्वल ठकुरीले “गिनिज बुक अफ वोर्ल्ड रेकर्ड” राख्दै देशको नाम उच्च स्थानमा पुर्याएका छन्।

उनले गिनिज बुकमा रहेको भ्यानडम शैलीद्वारा अधिक वजन पुरुषहरुले उठाउने विधामा ५० के.जी. को रेकर्डलाई तोडेर ६३.५८ के.जी. उठाई नयाँ विश्व रेकर्ड कायम गरि आफ्नो नाम ” गिनिज बुक अफ वोर्ल्ड रेकर्ड ” मा लेखाउन सफल भएका छन्।

यो विश्व रेकर्ड कायम गर्न विशेष गरी साथ दिने एचकेली ताईक्वान्दो संचालक ग्राण्ड मास्टर एचकेली अन्तर्राष्ट्रियका प्रशिक्षक ६ डान मास्टर कृष्ण बहादुर बलाल, ७ डान मास्टर साङ् इल् ह्वाङ, प्रशिक्षक ३ डान राष्ट्रिय खेलाडी रसद मेलोर तथा हाइ रेड बेल्ट मास्टर जेस्म ए रोल्लिङ जुनियर र दुई सानो ब्लाक बेल्टलाई पनि हृदयदेखि धन्यवादसाथै अर्को सहयोगी परिवार ली वूद एशोसियसन परिवारलाई पनि धन्यवाद ज्ञापन गरेका छन्।

ठकुरीको जन्म काठमाडौंमा ४२ बर्ष पहिला भएको थियो । उनी काठमाडौंबाट अमेरिका १५ बर्ष अगाडि आएका थिए । उनले कराते खेल जगतमा लागेर धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जित हासिल गरि विभिन्न अवार्डहरु प्राप्त गरिसकेका छन्। जस मध्ये वर्ल्ड टाईटल बेल्ट, वर्ल्ड च्याम्पियन बेल्ट, दुईवटा राष्ट्रिय स्वर्ण पदक , दुईवटा अन्तर्राष्ट्रिय कप त्यस्तै गरी दुईवटा अन्तर्राष्ट्रिय ट्रफीलगायत विविध विधाका स्वर्ण पदक जिति सकेका छन्।

करातेमा उनले आफ्नो ५ किसिमको पृथक विशेष अविष्कार गरेका थिए । जसमा “फाङ् काटामा”(अमेरिकन किक अन्तर्राष्ट्रिय) अमेरिकन अन्तर्राष्टिय खेलमा स्वर्ण कप हात पारे । त्यस्तै सोही खेलमा “फांग खुकुरी काटा” मा रजत पदक हात पारे भने अर्को आविष्कार “फांग ब्रेकिंग” मा विश्व वेल्ट उपाधि प्राप्त गरेका थिए।

त्यस्तैगरि भ्यानडम शैलीमा विश्व च्याम्पियन वेल्ट र सर्टिफिकेटद्वारा “कुरो बुशि वोर्ल्ड च्याम्पियन खेलमा” नर्थ क्यारोलिनामा सम्मानित भएका थिए।





Comments

comments

Leave a Reply

19997