हङकङका त्रिलोक गुरुङको एनआरएनएको महासचिवमा उम्मेद्वारी र प्रतिबद्धताहरु

देवराज राई / एचकेनेपाल डट कम –

हङकङ, एनआरएनएको स्थापना, विकास र यसको समृद्धिको लागि स्थापनाकालदेखि नै सक्रिय एनआरएनएका वर्तमान सल्लाहकार त्रिलोक (यम कुमार) गुरुङले आगामी कार्यकालका लागि महासचिव पदमा उम्मेद्वारी दिनुहुने भएको छ।

अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा एनआरएन विश्व सम्मेलन अयोजना हुनेछ । एनआरएन सदस्यहरुले आगामी दुईवर्षका लागि नयाँ नेतृत्वको चयन गर्ने छन्।

हाल हङकङ, मकाउमा निर्माण र सुरक्षा सम्बन्धी क्षेत्रमा व्यवसाय गर्दै आउनु भएका गुरुङ एनआरएनए हङकङको दुई कार्यकाल अध्यक्ष, एशिया प्रशान्त क्षेत्रको संयोजक एवं एनआरएन आईसीसीका दुईकार्यकालका सल्लाहकार समेत रहिसक्नु भएको छ।

विशेषतः गोरखाको लाप्राक नमून वस्ती निर्माणमा एनआरएनएका अध्यक्ष शेष घलेसँगै विशेष सक्रिय हुनुभएका गुरुङ एनआरएन नेपाल भूकम्प पुनर्निर्माण कार्यसमितिको (एनइआरटी) कार्यकारी सदस्य, भूकम्प राहत वितरण, केन्द्रीय कार्यालय भवन निर्माण, लाप्राक नमुना वस्ती निर्माण लगायतका क्रियाकलापमा प्रत्यक्ष संलग्न हुनुहुन्छ।

महासचिवका प्रत्याशी त्रिलोक (यम कुमार) गुरुङले आफ्ना ६ बँुदे प्रतिबद्धता पत्र सार्वजानिक गर्नुभएको छ।

प्रतिबद्धतामा उल्लेख भएका बुंदाहरुः

१. संघको मार्गदर्शक प्रस्ताव भिजन २०२० एण्ड बियोण्ड लाई कार्यान्वयन गर्दै संघको समग्र रुपान्तरण र संस्थागत विकाशलाई पहिलो प्राथमिकतामा राख्ने छु।

२. निर्माणाधीन लाप्राक नमुना वस्ती र केन्द्रीय कार्यालय निर्माणलाई पूर्णता दिई अर्को नमुनावस्ती निर्माण सम्पन्न गर्ने छु।

३. संघको सदस्यता संख्यालाई आफ्नो कार्यकालभित्रै न्यूनतम एकलाख पुर्याउने छु।

४. नेपालमा प्रत्यक्ष बैदेशिक लगानी तथा गैरआवसीय नेपालीको व्यक्तिगत तथा सामूहिक लगानीकालागि अभिवृद्धि गरी नेपालको समृद्धिको साझेदार बन्ने अग्रसरता लिने छु।

५. गैरआवसीय नेपाली नागरिकता प्राप्तिलाई आफ्नै कार्यकालभित्र सुनिश्चित गरी दोस्रो पुस्तालाई संघमा आकर्षित गर्न बिशेष कार्ययोजना ल्याउने छु।

६. बैदेशिक रोजगार कल्याणकारी कोषको सञ्चालन सुरुवात गरी बिदेशमा अलपत्र परेका, दुःख पाएका नेपालीहरुलाई उद्धारलाई प्राथमिकतामा राख्ने छु । बिदेश जानुअघि नेपालमै निःशुल्क तालिम दिलाउने तालिम केन्द्रको स्थापना गर्न पहल गर्नेछु।

महासचिव पदका प्रत्याशी त्रिलोक (यम कुमार) गुरुङलाई हाम्रो शुभेच्छा हित विजयीका लागि शुभकामना।





Comments

comments

Leave a Reply

19999