कोलोराडोमा साँस्कृतिक कार्यक्रमसहित दशैं–तिहार

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, हिन्दूहरुको महान चाड बिजया दशमी तथा शुभ दीपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले एक संस्कृतिक कार्यक्रम आयोजना गरी बिभिन्न कलाकारहरुसंगै शुभकामना आदान प्रदान गरेका छन्।

नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा नर्थग्लीनमा सम्पन्न कार्यक्रममा हेमन्त शर्मा, रिमा गुरुङ, कृष्णमुरारी ढुङ्गेल, उमेशसिंह खड्का, सुधिर राई जस्ता गायक तथा स्थानीय बाल कलाकारहरुका माझ बिभिन्न सांस्कृतिक कार्यक्रम गर्दै महान चाड मनाएका हुन्।

स्थानीय मेयर जोयस डाउन्नीङद्धारा पानसमा बत्तीबालेर उद्धाटन गरिएको कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यावसायी, बुद्धिजीवी, कलाकार, साहित्यकार, पत्रकार, नेपाल र नेपालीप्रति सद्भाव राख्ने स्थानीय अमेरीकीहरु तथा सर्बसाधारणको बाक्लो उपस्थिती रहेको थियो।

मातृभूमि नेपाल र कर्मभूमि अमेरीकाको राष्ट्रियगान गाएर सुरु गरिएको कार्यक्रमा अध्यक्ष बिनोद त्रिपाठीले सहभागी सबैलाई स्वागतका थिए। उनले हिन्दू नेपालीहरुको महानचाडको उपलक्षमा सबैलाई शुभकामना दिदैं अमेरीकामा जन्मे हुर्केका नेपाली बालबालिका तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपाल र नेपालीको संस्कृति पहिचाहन गराउन कार्यक्रम आयोजना गरिएको बताएका थिए।

कार्यक्रममा धेरै नेपालीहरुलाई ड्राइभिङ सिकाउने गुरु जेरीलाई नेपाली समुदायलाई सहयोग पुर्याएको भन्दै अध्यक्ष बिनोद त्रिपाठीले खादा पहिर्याई सम्मान पत्र प्रदान गरि सम्मान गरेका थिए । त्यसै गरि गायक हेमन्त शर्मालाई पनि कोलोराडोबासीको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।

शनिवार साँझ साढे ६ बजे सुरु भई ९ बजेसम्म संचालन भएको कार्यक्रममा गायक हेमन्त शर्माले आधा दर्जन भन्दा बढी चर्चित गीतहरु गाएर श्रोता तथा दर्शकहरुको मन जित्न सफल भएका थिए । त्यसैगरी कृष्णमुरारी ढुङ्गेलले आफैद्धारा रचित प्यारोडीसंगै कुशल नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै साहित्यकार ज्ञानेन्द्र गदालले दशैं तिहार सम्बन्धी कविता, गायिका तथा गायकहरु रिमा गुरुङ, उमेशसिंह खड्का, सुधिर राईले गीत र स्थानीय कलाकारहरुले बिभिन्न राष्ट्रिय, लोक तथा आधुनिक गीतमा नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रमको अन्यमा अध्यक्ष त्रिपाठीले दशैंको प्रसाद स्वरुप सहभागी तथा कलाकारहरुलाई रातो अक्षता लगाई दिएका थिए । दोश्रो ठूलो चहाड तिहारको झल्को दिने देउसी कार्यक्रम गर्दै सकिएको कार्यक्रममा श्रीराम लुईटेलले परंपरागत रुपमा देउसी भट्याएका थिए । सहभागीहरुलाई खसीको मासु सेलरोटी सहितको स्वदिस्ट भोजन उपलब्ध थियो।

कोलोराडोमा सक्रिय नेपालीहरुको अर्को साझा संस्था नेपाली घरले कार्यक्रममा उपस्थित सहभागीहरुबाट नेपाल र नेपालीको संस्कृति तथा पहिचान झल्कले सामुदायिक भवन “नेपाली घर” आवश्यक छ छैन, छ भने कस्तो हुनु पर्छ भन्ने सुझाव प्रवेशद्धारमा बसेर कार्यक्रम अवधिभर संकलन गरेको थियो।

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

20020