गौचनको हत्या झन् रहस्यमय: २ भारतीय ‘सार्पसुटर’ पक्राउ

नेपाल निर्माण व्यवासयी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्या रहस्यमय बन्दै गएको छ।

सोमबार दिउँसो नयाँ बानेश्वरको खरिबोट नजिकै एक समुहले गोली हानी हत्या गरिएका गौचनको हत्या कसले किन गर्यो रहस्यमय भएको महानगरीय आयुक्त कार्यालका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक जयबहादुर चन्दले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो अहिले विभिन्न आफवाह फैलिएको छ , प्रहरीले अफवाहको पछि लाग्ने कुरा भएन, हामी घटनाको अनुसन्धान गरिरहेका छौं ।

भारतीय सार्पसुटर पक्राउ
भारतबाट काठमाडौं आएका दुई जना सार्पसुटर पक्राउ परेका छन्। शनिबार काठमाडोंका जोरपाटीस्थित नरायणटारबाट पक्राउ परेका दुवै जना भारतीय सार्पसुटर रहेको तथा भारतीय प्रहरकिो खोजीको सूचीमा रहेको नेपाल प्रहरीले जनाएको छ।

उनीहरु कसैको हत्याका लागि नेपाल आएको प्रहरीको आशंका गरेको छ।

पक्राउ पर्नेमा भारतीय रक्सौलका दिपकुमार श्रीवास्तव र रन्जनकुमार यादवलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको खबर नेपाल समाचारपत्रमा छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

20018