१२ अर्बको ठेक्काले लियो गौचनको ज्यान…

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याको कारण पैसाको लेनदेन रहेको निष्कर्षमा प्रहरी पुगेको छ।

गएको असोज ९ गते खोलिएको हुलाकी राजमार्गको १२ अर्बको ठेक्काको रकम वितरणमा देखिएको मनमुटावका कारण हत्या भएको जस्तो देखिएको घटनाको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए।

प्रहरीले उक्त ठेक्का ककसको नाममा परेको र ठेक्का लागि अध्यक्ष गौचनसंग मालमोलाई गर्ने समूहको खोजी गरिरहेको पनि प्रहरीले जानकारी दिएको खबर नेपाल समाचारपत्रले छापेको छ।





Comments

comments

Leave a Reply

20034