तस्करीको सुन लुकाएका लामाको हत्या

सुन लुकाएको अरोपमा तस्करीमा संलग्न भारियाको हत्या गरिएको खुलासा भएको छ।

झन्डै दुई साताअघि नार्गाजुन नगरपालिका ३ मा फेला परेको शवको अनुसन्धानमा जुटेको प्रहरीले सुन तस्करी प्रकरणमा हत्या भएको तथ्य फेला पारेको खबर कान्तिपुरमा छ।

रसुवा पार्वतीकुण्ड नगरपालिका ३ का गगन लामाको शव १६ असोजमा फेला परेको थियो।

उनको दाहिनेपट्टि ढाडमा छुरी प्रहार गरिएको थियो।

धारिलो हतियार प्रयोग गरी भएको गगनको हत्याको सम्बन्ध रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याईएको १८ केजी अवैध सुन ओसारपसार प्रकरणसंग जोडिएको प्रहरीको भनाई छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

20085