भवन भट्टले किने निगमको बोइङ

सञ्चालनमा नरहेको निजी क्षेत्रको अन्तराष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजले नेपाल वायुसेवा निगमको डेढ बर्षदेखि ग्राउन्डेड एउटा ठूलो बोइङ जहाज खरिद गरेको छ।

बिबी एयरवेज गैरआवसीय नेपाली व्यवसायी भवन भट्टको टिबिआई ग्रुपअन्तर्गतको कम्पनी हो।

बिबीले कम्बोडियाको टोन्ले एयरलाइन्ससँग एकथान ‘बोइङ ७५७-२००’ सिरिजको जहाज भाडामा लिई २०६९ भदौ २८ गतेबाट अन्तराष्ट्रिय उडान सुरु गरेको थियो।

तर, सञ्चालनको तीन महिनामै सबै उडान बन्द गरेको थियो।

पाँच बर्षपछि फेरी अन्तर्राष्ट्रिय उडान गर्ने उद्देश्य लिएर बिबीले वायुसेवा निगमको जहाज तीन दशक पुरानो भए पनि खरिद गरेको खबर नागरिकमा छ।

बिबीले १४ लाख ६० हजार अमेरिकी डलर (१५ करोड १८ लाख ४० हजार रुपैयाँ) मा जहाज खरिद गरेको हो।





Comments

comments

Leave a Reply

20087