७ करोडको ठगी अभियोगमा एनआरएन पक्राउ

गैरआवसीय नेपाली संघ (एनआरएन)को आठौं सम्मेलनमा भाग लिन जापानबाट काठमाडौं आएका अनुज थापा ७ करोड रुपैयाँ ठगी अभियोगमा पक्राउ परेका छन्।

एनआरएन आईसीसी सदस्य र जापान शाखाको पूर्वमहासचिव रहेका थापा जापानी नागरिकलाई ठगेको अभियोगमा बिहीबार पक्राउ परेका हुन्।

पक्राउ थापा नेपाल पर्यटन बोर्डका जापानस्थित पर्यटन प्रतिनिधि पनि हुन्।

जापानको एक विद्यालयको शाखा नेपालमा खोल्ने प्रलोभन दिएर ७ करोड रुपैयाँ ठगी गरेको जापानी प्रोफेसरको उजुरी आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले थापालाई पक्राउ गरेको खबर आजको नागरिकमा छ।





Comments

comments

Leave a Reply

20153