वाम गठबन्धनमा बागीको बिगबिगी !

माओवादी केन्द्रका शक्तिशाली नेता शक्तिबहादुर बस्नेतको चुनावी यात्रामा एमालेका गोविन्दविक्रम शाह तगारो बनेका छन्।

जाजरकोटको प्रतिनिधिसभा सदस्यमा आईतबार वाम गठबन्धनका तर्फबाट बस्नेतले उम्मेदवारी दिँदा शाह स्वतन्त्र हैसियतमा उम्मेदवार बने।

गठबन्धनकै प्रभावशाली नेताबाट बागी उम्मेदवारी पर्ला भन्ने त उहाँ (बस्नेत) ले सोचेका थिएनन्, माओवादी केन्द्रका एक जिल्लास्तरीय नेता भन्छन् – तर उहाँले आफ्नै जिल्लामा असन्तुष्टि व्यवस्थापन गर्न नसक्दा यस्तो अवस्था आयो।

वाम गठबन्धनले आकांक्षी असन्तुष्टि समयमै व्यवस्थापन गर्न नसक्दा र स्थानीय तहको भावनाविपरित केन्द्रमा टिकट भागबन्डा हुँदा ६ नम्बर प्रदेशमा गठबन्धनका उम्मेदवराविरुद्ध गुप्रै ठाउँमा बागी उठेका खबर नागरिकले छापेको छ।





Comments

comments

Leave a Reply

20255