Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अर्थ मन्त्रालयको आग्रह वेबास्ता गर्दै गृहमन्त्री चीन जाने

काठमाडौं, २१ आश्विन। अर्थ मन्त्रालयले अनावश्यक खर्च हुने भन्दै ठूलो टोली लिएर नजान गरेको लिखित आग्रहको वेबास्ता गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम परिवारका सदस्यसहित चीन भ्रमणमा जाने भएका छन्। मन्त्रिपरिषद्को सोमबारको बैठकले उनको ११ सदस्यीय टोलीको भ्रमण दललाई स्वीकृति दिएको छ।

गृह मन्त्रालयको आधुनिक भवन बनाउन चीन सरकारसँग रकम माग्ने प्रस्ताव लिएर असोज २९ देखि कात्तिक ४ गतेस म भ्रमणमा जाने उनको टोलीमा पत्नी तुलसा थापा गौतम र छोरा हरिश गौतम पनि छन्।

अर्थ मन्त्रालयका तर्फबाट शाखा अधिकृत गोपालप्रसाद दाहालद्वारा हस्ताक्षरित पत्रमा 'भ्रमण दल निकै ठूलो भएकोतर्फ ध्यानाकर्षण गर्दै आवश्यक पर्ने ६ जना उपयुक्त हुने' उल्लेख छ। तर यो सुझाव बेवास्ता गर्दै गौतमको प्रस्तावमा मन्त्रिपरिषद्ले उनको नेतृत्वमा शान्तिसुरक्षा प्रमुख सहसचिव लक्ष्मीप्रसाद ढकाल, गृह मन्त्रालयको कानुन शाखाका सहसचिव धनराज ज्ञवाली, नेपाल प्रहरीका डीआईजी हेमन्त मल्ल ठकुरी, सशस्त्र प्रहरीका डीआईजी पुष्पराम केसी, उपसचिव शेषनारायण पौडेल र मन्त्रीका निजी सचिव उपसचिव प्रेमलाल लामिछानेलगायत भ्रमण दलमा समेटिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार गृहमन्त्री गौतमले पत्‍नी र छोरालाई निजी खर्चमा लैजाने प्रस्ताव पारित गराएका छन्। गौतमको निजी खर्चमै चीन घु न पाउने सरकारी टोलीमा प्रा.डा. केशव खड्का पनि छन्। खड्का अखिल नेपाल किसान महासंघको अनुसन्धान विभागमा कार्यरत छन्। उनलाई भ्रमण दलमा सामेल गर्नुको औचित्य पुष्टि हुन नसकेको समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ।





Comments

comments

2035