हुण्डी कारोबारमा संलग्न ३ पक्राउ

प्रहरीले काठमाडौंको खिचापोखरीबाट हुण्डी कारोबारमा संलग्न तीनजनालाई ५६ लाख ८० हजार रुपैयाँसहित पक्राउ गरेको छ।

हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा झोला बोकी हिँडिरहेको अवस्थामा स्रोत खुलाउन नसकेको रकमसहित उनीहरूलाई पक्राउ शुक्रबार गरेको हो।

पक्राउ पर्नेमा बागलुङ पैँयुँ पथान गाउँपालिका घर भई काठमाडौं धापासी बस्ने पूर्ण थापा, बाग्लुङ बुर्तिबाङ–१ घर भई काठमाडौं बालाजु बस्ने प्रदीप छन्त्याल र मोरङ कानेपोखरी नगरपालिका–३ घर भई काठमाडौं लैनचौर बस्ने कुलदीप चौधरी रहेको प्रहरीले जनाएको छ।

बरामद रकममध्ये थापाका साथबाट ३९ लाख, छन्त्यालका साथबाट १३ लाख ५० हजार र चौधरीका साथबाट चार लाख ३० हजार रुपैयाँ बरामद भएको थियो। रासस





Comments

comments

Leave a Reply

20387