सीतादेवीले छोरालाई उम्मेदवार बनाएपछि कांग्रेसमा किचलो

सिरहा । नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव र केन्द्रीय सदस्य पदमनारायण चौधरीले आ–आफ्ना छोरालाई प्रदेशसभातर्फ उम्मेदवार बनाएका छन्।

कोषाध्यक्ष यादवले छोरा डा. सुभाषचन्द्र यादवलाई सिरहा निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ बाट प्रदेशसभाका लािग उम्मेदवार बनाएकी हुन्। सुभाष स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिकाको मेयर पदमा पराजित भएका थिए।

प्रदेशसभातर्फ कांग्रेस क्षेत्रीय सभापति सज्जयप्रकाश यादव वा जिल्लासचिव उपेन्द्र यादवले टिकट पाउने चर्चा चले पनि सुभाषले बाजी मारेका हुन्।

कांग्रेस जिललासचिव यादवले केन्द्रीय कोषाध्यक्षले शाक्तिको आडमा छोरालार्य उम्मेदवार बनाएको प्रतिक्रिया दिएका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ।





Comments

comments

Leave a Reply

20389