यी उम्मेदवार, जसले आफैंलाई भोट दिन पाउँदैनन्

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेका केही उम्मेदवारहरुले आफैंलाई भोट हाल्न पाउँदैनन्।

आफ्नो मतदाता नामावली नै नरहेको स्थानबाट उम्मेदवार बनेकाले ती उम्मेदवारले आफैंलाई भोट हाल्न नपाउने भएका हुन्।

दाङ छाडेर दोस्रो संविधान सभा निर्वाचन, २०७० मा रोल्पाबाट उम्मेदवार भई विजयी भएका माओवादी नेता कृष्णबहादुर महरा अहिले दाङ क्षेत्र नं. २ मा उम्मेदवार बनेका छन्। तर, उनले आफूले आफैंलाई भोट हाल्न पाउने छैनन् । उनी दाङका नभई रोल्पाका मतदाता हुन्। १७४३२६२५ मतदाता नम्बर भएका महरा रोल्पा नगरपालिका–१ का मतदाता हुन् ।

महरालाई रोकेर दाङ २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने योजनामा थिए, एमाले नेता शंकर पोखरेल । महरालाई पाहुना उम्मेदवार भनेर विरोध गरेका उनी आफैं पाहुना उम्मेदवार बन्न पुगेका छन्।

आफ्नो क्षेत्रबाट महराले प्रतिनिधिसभा सदस्य टिकट पाएपछि प्रदेशसभा सदस्य उम्मेदवार बन्न अर्को क्षेत्रमा गएका छन्। उनले अब आफूले आफैंलाई मत दिन पाउने छैनन् । पोख्रेल र महरा त प्रतिनिधिपात्र मात्र हुन् । एमाले नेता प्रकाश ज्वाला, माओवादीका झक्कु सुवेदीलगायत नेताले पनि आफूलाई भोट हाल्न पाउने छैनन्। नागरिक दैनिकमा खबर छ ।





Comments

comments

Leave a Reply

20391