‘हाई अलर्ट’ मा सुरक्षा निकाय

प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सुरक्षा थ्रेट बढेको भन्दै प्रहरीले मातहत निकायलाई हाई अलर्टमा राखेको छ।

प्रहरीले सातै प्रदेशका एआईजीलाई यस सम्बन्धमा अलर्ट गराइसकेको छ भने त्यस मातहतका सबै जिल्लाका प्रहरी प्रमुखलाई सशस्त्र प्रहरी तथा नेपाली सेनासँग समन्वय गरी सुरक्षाका सबै विधि अवलम्बन गर्न निर्देशन दिइसकेको छ।

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता सकिएलगत्तै निर्वाचनमा खटिने उम्मेदवारको सुरक्षा, दुई पक्षीय झडप हुन नदिने जस्ता विषयलाई ध्यान दिन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको खबर राजधानी दैनिकमा छ।





Comments

comments

Leave a Reply

20397