बागी फकाउँदै वाम गठबन्धन

उम्मेदवारी दर्तासँगै राप्तीका केही जिल्लामा केही दललाई आफ्नै कार्यकर्ताबाट सकस देखिएको छ।

दाङ र सल्यानमा वाम गठबन्धनलाई बागीको बिगबिगीले समस्यामा पारेको हो। सल्यानमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका नेताहरूले सेटै बनाएर बागी उम्मेदवारी दिएका छन्।

दाङमा पनि वाम गठबन्धनविरुद्ध एमाले र माओवादी केन्द्रका नेताहरूको बागी परेको छ। प्रतिनिधिसभा सदस्यमा हीराचन्द्र केसीको बागी कोमल वली छन्। प्रदेशसभातर्फ जगप्रसाद शर्माका बागी कुवेर ओली र उत्तर ओलीका बागी वाईसीएलका जिल्ला सचिव गेदबहादुर भण्डारी (गोविन्द) छन्।

सल्यानमा प्रतिनिधिसभा सदस्यतर्फ टेकबहादुर बस्नेतका बागी माओवादी केन्द्रकै पूर्वसांसद उमाकान्त शर्मा र ज्ञानबहादुर वली छन्। प्रदेशसभातर्फ एमालेका गुलाबजंग शाहका बागी भीमप्रकाश शर्मा अनि एमालेकै प्रकाश ज्वालाका बागी जितबहादुर पुन छन्। अन्नपूर्णपोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

20395