माओवादी मन्त्रीहरु यसकारण फिर्ता नहुने

नेकपा माओवादी केन्द्रका मन्त्रीहरु तत्काल सरकारबाट नबाहिरिने भएका छन्।

माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेर वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई विनाविभागीय बनाएका थिए।

माओवादी केन्द्रले कात्तिक ५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट आफ्ना मन्त्रीहरु बाहिरिने अन्तिम निर्णय गरे पनि निर्वाचनप्रति सरकारले षड्यन्त्र गरेको निष्कर्ष निकाल्दै सरकारमै रहने निर्णय लिएको थियो।

तर माओवादीका अधिकांश मन्त्रीहरु निर्वाचन अभियानमा जुटेकाले निर्वाचनअघिसम्म बिनाविभागीय कै हैसियतमा भए पनि सरकारमा रहने भएका हुन्। नेपाल समाचारपत्रमा खबर छ।





Comments

comments

Leave a Reply

20403