वडाध्यक्षका छोराले बलात्कार गरे, बाबुले कुटे, प्रहरी रमिते

पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ देउरवानाकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने युवा खुलेआमा घुमिरहेका छन् । घटना भएको एकसाता बित्न लाग्दासमेत प्रहरीले उनीहरुलाई पक्राउ गर्न चासो देखाएको छैन। अन्नपूर्ण पोष्टमा खबर छ ।

किन गरिएन पक्राउ
किशोरीलाई सामूहिक बलात्कार गर्ने एक युवक वडा अध्यक्षका छोरा पनि रहेका कारण वडा अध्यक्षकै दबाबमा प्रहरीले उनीहरुलाई पक्राउ नगरेको हो । किशोरीलाई बलात्कार गर्ने वडा नम्बर ४ का अध्यक्ष जुमादीन अन्सारीका २२ वर्षीय मुख्तार अन्सारी र उनका एक साथीलाई प्रहरीले वडा अध्यक्ष जुमादीनको दबाबमा पक्राउ गर्न चासो नदेखाएको पीडित किशोरीका दाजुले बताए ।

उखु बारीमा बलात्कार
बलात्कृत किशोरीको संवेदनशील अंगलबाट अत्याधिक रक्तश्राव भइरहेकाले नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । कात्तिक १२ गते उखु बारीमा बाख्राका लागि घाँस काट्न गएकी किशोरीलाई मोटरसाइकलमा सवार वडाध्यक्ष जुमादीनका छोरा मुख्तार र उनका साथी अन्सारी बाबुले जबरजस्ती समातेर मुख थुनी उखु बारीमा लगेर पालैपालो बलात्कार गरेका थिए।

रातभर थुनेर राखे
किशोरीलाई बलात्कार गर्ने क्रममा ती दुवै युवकलाई उनीहरुका साथी हरिशंकर दास तत्वा, रुस्तम अन्सारी र ओली आलम अन्सारीले सघाएका थिए । जबरजस्ती करणी गरेपछि पीडित किशोरीलाई बेलुकी गाउँदेखि पर एकान्तमा रहेको ओली आलमको घरमा रातभर थुनेर राखेका थिए ।  घटनाको भोलिपल्ट कात्तिक १३ गते ओली आलम, रुस्तम र हरिशंकरले पीडित किशोरीलाई वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याएर मोटरसाइकल दुर्घटनामा घाइते भएको भन्दै उपचार गराएर गाउँमा लगि छाडिदिएका थिए।

कुटपिट गरी घाइते
घटनाका बारेमा थाहा पाएपछि पीडित किशोरीका अभिभावकले बलात्कार गर्ने मध्येका युवक मुख्तारका बुबा एवम् वडा अध्यक्ष जुमादिनसँग बुझ्दा जुमादिनले तीन जना छोराका साथमा आएर आफू, श्रीमती र छोरीलाई कुटपिट गरी घाइते बनाएको पीडित किशोरीका दाजुले बताए ।





Comments

comments

Leave a Reply

20405