Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

छोराबाटै बाबुसहित चारजनाको हत्या

काठमाडौ, २२ आश्विन। लमजुङमा परिवारका चारजनाको हत्या परिवारकै सदस्यबाट भएको खुलेको छ। लमजुङको भोटेओडार गाविस पिप्लेमा अर्जुनप्रसाद रेग्मी र उनका परिवारका चारजनाको हत्या उनकै छोरा राममणि रेग्मीले गरेको प्रहरी अनुसन्धानमा खुलेको हो।

राममणिलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। बाबुले अंश नदिएको लगायतका पारिवारिक विवादमा उनले योजनाबद्ध रूपमा चारजनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी अच्युत पुडासैनीले बताए। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)समेतको संलग्नतामा प्रहरीले अनुसन्धान गरेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ।

यही १४ असोजको बेलुकी खुकुरीले अर्जुनप्रसाद रेग्मी, उनकी छोरी ज्योति रेग्मी, धर्मपुत्री रिना घिमिरे र उनका छोरा विकास घिमिरेको हत्या भएको थियो। करिब १५ मिनेटको दूरीमा रहेका राममणिले पहिले नै योजना बनाएर हत्या गरेको डिएसपी पुडासैनीले बताए।

भारतमा काम गर्ने उनका बुबा अर्जुन अघिल्लो दिन मात्र दसैँ मनाउन घर आएका थिए। बुबा आएपछि उनले योजना बनाएको प्रहरीको भनाइ छ। तालिमप्राप्त कुकुरको सहयोगमा प्रहरीले अनुसन्धान थालेको छ। घटनाको भोलिपल्ट नै राममणिलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो। प्रहरीले रगत लागेको राममणिको कपडासमेत बरामद गरेको छ।





Comments

comments

2060