गाउँपालिकाद्वारा दौरा–सुरुवाललाई ‘औपचारिक पोशाक’ घोषणा, औपचारिक कार्यक्रममा अनिवार्य

ललितपुर, मंसिर १ । महाँकाल गाउँपालिकाले औपचारिक पोशाकमा बिहीबार दौरा–सुरुवाल, टोपी र गुन्युचोली घोषणा गरेको छ।

महाँकाल गाउँपालिका र श्रद्धावान नेपालद्वारा गोटीखेलमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको खबर कान्तिपुरमा छ।

अब गाउँमा हुने औपचारिक कार्यक्रममा अनिवार्य दौरा–सुरुवाल, टोपी र गुन्युचोली लगाउनुपर्नेछ । गाउँपालिकाले राष्ट्र र राष्ट्रियतालाई आत्मसात गरी राष्ट्रको सान, पहिचानलाई जगेर्ना गर्न उक्त घोषणा गरिएको सहभागीले बताएका छन्।





Comments

comments

Leave a Reply

20614