सर्वोच्च शिखर सगरमाथाको उचाइ फागुनमा नापिने

सगरमाथाको उचाइ फागुनको पहिलो साताबाट नापिने निश्चित भएको छ।

त्यसका लागि यही मंसीर मसान्तसम्म आवश्यक पर्ने सबै प्रविधिको तयारी पूरा हुने नापी विभागले जनाएको छ।

मंसीर २५ र २६ गते काठमाडौंमा सगरमाथा उचाइ मापन सन्दर्भमा अन्तर्राष्ट्रिय गोष्ठीको आयोजनासमेत गरिएको छ।

सोलुखुम्बुका १२ वटा स्थानमध्ये ८ वटा स्थान पहिले पनि मापनका लागि प्रयोग भएका केन्द्र थिए।

अन्य चार वटा नयाँ प्वाइन्ट निर्धारणा गरिएको छ। पुस माघको समयमा हिउँ पर्ने भएकाले फागुनबाटै अथवा हिउँ लाग्ने समय सकिएपछि मापन कार्य सुरु हुने बताइएको छ। नेपाल समाचारपत्रमा खबर छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

20727