ब्रिटिश गोरखाका समान हक अधिकारसम्बन्धी भुषालसंग छलफल


सन्तोष थलङ

एचकेनेपाल डट कम, काठमाडौं। बेलायती भूतपूर्व गोर्खा सैनिकहरुले माओवादी केन्द्रकी प्रबक्ता पम्फा भुषालसंग ब्रिटिश गोरखाका समान, हक र अधिकारसम्बन्धी छलफल गरेका छन्।

ललितपुर क्षेत्र नम्बर ३ का लागि बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यकी उम्मेद्वारसमेत रहेकी भुषालसँग ब्रिटिश गोरखाका समान हक अधिकार सम्बन्धी हुन गैइरहेको दुई पक्षीय वार्ता साथै गोरखा र तिनका सन्ततिहरुका नेपाली नागरिकता निरन्तरताका लागि गंभीर छलफल सम्पन्न भएको छ।

भुषालले छलफलका क्रममा आफू निर्वाचित भए सरकार र गठबन्धनका तर्फबाट अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रमको संयोजन मधुकर राई र क्या. हिमाल राईले गरेका थिए।





Comments

comments

Leave a Reply

20731