फेसबुकमा चिनजान भएका दुई जोडी आपत्तिजनक अवस्थामा, रंगेहात प्रहरीले पक्रेर हुल्यो खोरमा

काठमाडौं, २४ असोज। सामाजिक सञ्जाल फेसबुकले मानिसबीचको सम्बन्धमा परिवर्तन ल्याइदिएको छ। फेसबुकले एकातिर युवक युवतीबीच चिनजान, मित्रता र सम्बन्धलाई नयाँ आयामा दिएको छ भने यही फेसबुकले कतिलाई समस्यामा पारेको छ। फेसबुकको मित्रताले सिन्धुलीका दुई जोडीलाई प्रहरी हिसासतसम्म पुर्‍याएको छ।

केही समयअघि मात्रै फेसबुकबाट साथी बनेका कमलामाइ नगरपालिका ७ सिन्धुलीका जनकलाल आले र विमल मगर तथा सर्लाही हरिवनका कमला पाख्रिन र शकुन्तला तामाङलाई फेसबुकले नै एक अर्कामा भेट हुने मौका जुराएको थियो।

उनीहरूलाई विजयादशमीको दिन एक अर्कामा भेट गर्ने निर्णय पनि फेसबुकबाटै भएको थियो। सोही अनुसार पाख्रिन र तामाङ सर्लाहीबाट मंगलबार सिन्धुली सदरमुकाम आइपुगेका थिए।

आले र मगर पनि फेसबुकको साथी भेट्न सदरमुकाम आइपुगे। फेसबुकबाट फेस टु फेस भई सँगै खाजा खाएर रमाइलो गरे। रमाइलो गर्ने क्रममा सार्वजनिक सडक नजिकको काँसघारीमा गएर शारीरिक सम्पर्कमा मस्त भएपछि उनीहरूलाई प्रहरीको गस्ती टोलीले पक्राउ गरेको समाचार अन्नपूर्ण दैनिकमा छापिएको छ।





Comments

comments

2117